जिप सडकमा पल्टियो, पल्टिएको जिपले थिचिएका चालक बाचेनन्
himalpress.com · Thu Sep 17 05:58:24 GMT 2026

काठमाडौँ- इलामको देउमाई नगरपालिका १ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिएर दुर्घटना हुँदा चालक देउमाई नगरपालिका १ चमैता बस्ने अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको सोही गाडीले थिचिएर घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)