चालु आवको दुई महिना- सरकारको आम्दानीभन्दा झण्डै १० अर्ब बढी खर्च
lokaantar.com

चालु आर्थिक वर्ष २०८३/८४ को शुरूआती दुई महिनामा सरकारले करिब दुई खर्ब बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ ।
कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म नौ दशमलव ६ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख खर्च भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)