आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत
canadanepal.com · Thu Sep 17 06:03:00 GMT 2026

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएको १८५ जनाको कर्पोर्ट टोलीलाई बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरेका छन् ।
चीनको तिब्बतस्थित गिरोङ काउन्टी हुँदै १० भदौ २०८३ मा भोटेकोशी र त्रुशलीमा आएको बाढीपछि नेपालको पर्यटनबारे विभिन्न चर्चाहरु सुरु भएका थिए । यद्पि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बद्ध संस्थाहरुले विभिन्न माध्यमबाट नेपालका रसुवा, गोरखा र नुवाकोटका केही क्षेत्रबाहेक अन्य पर्यटकीय गन्तव्यहरु सुरक्षित रहेको सन्देश दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)