प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद ढकाल
ratopati.com · Mon Jun 01 11:24:26 GMT 2026

हेटौँडा । नेकपा बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको रोष्टमबाट नेपालले भारतको भूमि मिचेको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहले राजीनामा दिनुपर्ने बताएका हुन् ।
सोमबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सांसद ढकालले देशको नेतृत्वकर्ता र अभिभावकको रूपमा रहेको व्यक्तिबाट यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु स्तब्धकारी र आपत्तिजनक रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बालेन शाह