मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
ratopati.com · Thu Jul 16 16:42:39 GMT 2026

काठमाडौँ । सरकारी वार्ता टोली र काठमाडौँ आइपुगेका मिटरब्याज पीडितका प्रतिनिधिबिच सिंहदरबारमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ । बिहीबार साँझ करिब ७ः१५ बजे सुरु भएको पहिलो चरणको छलफल सकिएको र भोलि (शुक्रबार) बिहान ९ः३० बजे दोस्रो चरणको निर्णायक वार्ता हुने तय भएको छ ।
यसअघि जनकपुरबाट पैदल यात्रा सुरु गरी बाराको निजगढ आइपुगेका पीडितहरू सरकारसँग वार्ता गर्न सहमत भएपछि आज (बिहीबार) साँझ हवाई मार्ग हुँदै काठमाडौँ आइपुगेका हुन् । पीडित पक्षका प्रतिनिधिहरूलाई सिमरा विमानस्थलबाट काठमाडौँ ल्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाएको थियो । गृहमन्त्री सुधन गुरुङले सिमराबाट पीडित पक्षको वार्ता टोलीका सदस्यहरूलाई विमान चढाएर काठमाडौँ पठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)