मनास्लु आरोहणमा गएका विदेशी आरोहीको मृत्यु
annapurnapost.com · Thu Sep 17 06:03:05 GMT 2026

गोरखा : उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ । ५० वर्षीय सिङ्गापुरका लाउ वी सेङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनास्लु हिमालको क्याम्प २ बाट बेसक्याम्प फर्कर्ने क्रममा हिँड्न गाह्रो भएर बसेको ठाउँमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । उनको शवलाई स्थानीय तथा ट्रेकिङ एजेन्सिसँगको समन्वयमा उद्धारको पहल थालिएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)