राजीनामाको हल्लाप्रति इरानका राष्ट्रपतिको प्रतिक्रिया : सास रहुन्जेल जिम्मेवारीबाट पछि हट्दिन
ratopati.com · Mon Jun 01 11:35:33 GMT 2026

तेहरान । इरानका राष्ट्रपति मसुद पेजेशकियानले आफूले सास रहेसम्म आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् । उनले आफ्नो राजीनामाबारे इजरायल समर्थित एक सञ्चारमाध्यमले फैलाएको समाचारको प्रत्यक्ष खण्डन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
आइतबार मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै पेजेशकियानले भने– ‘म सास रहुन्जेल आफ्नो जिम्मेवारीमा रहनेछु । या त हामी दृढतापूर्वक अगाडि बढ्छौँ या सहिद हुन्छौँ । दुवै अवस्थामा त्यो हाम्रो विजय हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)