बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
kendrabindu.com · Mon Jun 01 11:35:01 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरीदिनका लागि छ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको हो ।
सहकारी विकागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएका उजुरीका आधारमा छ हजार ३०० बचतकर्ताले माग गरेका छन् । यसरी माग दाबी गर्ने बचतकर्तामा रु एक लाखदेखि रु पाँच लाखसम्मको रकम बढी रहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)