राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित
ratopati.com · Thu Sep 17 06:16:38 GMT 2026

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो ।
विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए । समितिको प्रतिवेदन प्रतिनिधिसभाको आजै बस्ने बैठकमा पेस गर्ने उनले बताए । प्रतिवेदनलाई अन्तिम रूप दिन उनले समिति सचिवलाई निर्देशन दिए । समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । समितिले दीपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)