रेणु चन्दको दाबी : सरकार बालेनले होइन, नन स्टेटले चलाइरहेको छ (अन्तर्वार्ता)
nepalviews.com · Thu Sep 17 06:17:27 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ तथा राष्ट्रियसभा सदस्य रेणु चन्द सरकारीपक्षबाट विपक्षीमाथि लगाइएका आरोपमा संसद्बाटै तर्कसहित जवाफ दिन माहिर छिन् । सरकारका मज्न्त्रीहरूले विपक्षीमाथि लगाएका आरोपमा संसद्को रोस्ट्रमबाटै तार्किक जवाफ दिएपछि उनको चौतर्फी चर्चासमेत भइरहेको छ ।
चन्दले नेपालभ्युज को द युग शो मा युग पाठक सँगको कुराकानीमा बालेन सरकार, माओवादी जनयुद्ध र आफ्नो राजनीतिक यात्राबारे खुलेर बोलेकी छिन् । चन्दले प्रधानमन्त्री बालेन्द्र शाह बालेनबारे पनि टिप्पणी गरेकी छिन् । उनले बालेन नेतृत्वको सरकार बालेनले नभई नन स्टेटले चलाएको दाबी गरेकी छिन् । उनले भनेकी छिन्, ‘बालेनमा आत्मविश्वास भन्दा पनि सरकार उहाँले चलाएजस्तो छ कि छैन भन्ने लाग्छ कहिलेकाँही त । उहाँको जो बजारमा नाम आइरहेका ननट स्टेट छन् नि उहाँहरूले चलाएको जस्तो लाग्छ । देख्दा बालेनले सरकार चलाए जस्तो तर देख्दाखेरी नन स्टेटहरू एकदमै हाबी, ब्युरोक्रेसीमा हाबी, हार्ड डिसिजनमा नन स्टेट हाबी ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)