मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसइई परीक्षा धैर्य साथ दिन प्रधानमन्त्रीको आग्रह

setopati.com · Wed Mar 19 18:13:00 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्य र राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गरेका छन्। बुधबार साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी बिहीबारदेखि सुरू हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन्।

'विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ। तपाईंहरू त्यसैको तयारीमा जुट्नुभएको छ,' प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, 'त्यस कारण तपाईंहरूसँग खेर फाल्ने समय छैन। राम्रो अंक प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुहोस्। मेरो धेरै धेरै शुभकामना छ।'

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)