आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
gorkhapatraonline.com · Thu Jun 25 07:05:09 GMT 2026

तानसेन (पाल्पा), असार ११ गते । यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया जानुभयो । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताउनुभएका उहाँले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्कनुभयो । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उहाँ घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् । जीतबहादुर पनि दालचिनी खेतीमै लाग्नुभयो र विदेश जाने क्रम रोक्नुभयो ।
“अब विदेश जान्न गाउँमै दालचिनीको खेती गर्छु भनेर यसैमा लागेको छु”, घरआँगनमा दालचिनी स्याहार्दै गर्नुभएका उहाँले भन्नुभयो, “वार्षिक पाँचदेखि आठ लाख आफ्नै गाउँमा कमाइ हुँदोरहेछ । किन विदेश गइरहनु रु” विदेशमै रहेका छोरालाई पनि उहाँले घर बोलाएको बताउनुभयो । खरबारी, भिर, कान्लामा लगाएको दालचिनीबाट गत वर्ष आफूले सात लाख रुपैयाँको कारोबार गरेको र विदेश जाँदा लागेको ऋण समेत चुक्ता गरेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)