‘झिंगे दाउ २’ हेरेर प्रशंसामा रोकिएनन् फिल्मीकर्मी, खुल्यो बुकिङ
kalakarmi.com · Thu Sep 17 06:24:38 GMT 2026

काठमाडौं– असोज २ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘झिंगे दाउ २’ को ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर गरिएको छ । फिल्मीकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा आयोजित प्रिमियरमा ‘झिंगे दाउ २’ को खुलेरै तारिफ पाएको छ । फिल्म हेर्न पुगेका अधिकांश व्यक्तिहरुले यो फिल्मको कथावस्तु, मेकिङ, कलाकारको अभिनय, गीत–संगीतलाई उत्कृष्ट भनेका छन् ।
फिल्म हेर्न पुगेका निर्माता सरोज न्यौपानेले भने– ‘यो फिल्मलाई मन मनैदेखि तारिफ गर्न चाहन्छु । निर्देशकले इमान्दार भएर फिल्म बनाउनु भएको छ । यो फिल्म तिहारसम्म चल्छ भन्ने मलाई लाग्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)