मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

ratopati.com · Thu Jun 25 07:12:30 GMT 2026

तनहुँ । तनहुँका दशवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब रु सात अर्ब ७८ करोड २६ लाख बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । जिल्लाका १० मध्ये आठ वटा पालिकाले बुधबार तथा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले भने असार ८ गते बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

जिल्लाका सबै स्थानीय तहले गरी रु सात अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ को बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये व्यास, शुक्लागण्डकी, भानु र भीमाद गरी चार नगरपालिकाले रु चार अर्ब ११ करोड ९३ लाख ४५ हजार २४ र छ गाउँपालिकाले रु तीन अर्ब ६६ करोड ३२ लाख ७५ हजार ८४९ को बजेट प्रस्तुत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)