दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
gorkhapatraonline.com · Thu Jun 25 07:15:56 GMT 2026

काठमाडौँ, असार ११ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टि–रेबिज खोप प्राप्त भइसकको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)