आमा बन्दै सामन्था, अभिनयबाट केही समय विश्राम लिने
onlinekhabar.com · Thu Jun 25 07:11:48 GMT 2026

दक्षिण भारतीय फिल्म अभिनेत्री सामन्था रुथ प्रभुले आफू गर्भवती भएको पुष्टि गरेकी छन् । विवाहको ६ महिनापछि उनले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । सामन्था र उनका पति राज निदिमोरूले पहिलो सन्तानको स्वागत गर्ने तयारी गरेका छन् ।
हालै प्रदर्शनमा आएको फिल्म ‘मा इन्टी बंगारम’ को सफलताका अवसरमा बुधबार हैदराबादमा आयोजित कार्यक्रममा सामन्थाले यो खुसीको खबर सार्वजनिक गरिन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आगामी केही समय स्वास्थ्य र परिवारलाई प्राथमिकता दिन फिल्मबाट अस्थायी रूपमा विश्राम लिने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)