म्युजिक खबर म्युजिक अवार्डमा संगीत रत्न बासकोटालाई दीर्घ साधना सम्मान
kalakarmi.com · Thu Jun 25 07:12:35 GMT 2026

काठमाडौं– आगामी असार १४ गते आइतवार आयोजना हुने १३औँ संस्करणको म्युजिक खबर म्युजिक अवार्डमा प्रतिष्ठित संगीत रत्न शम्भुजीत बासकोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिने भएको छ ।
हजारौँ गीतमा संगीत भर्नुका सार्थै स्वरसमेत दिएका बास्कोटाका सयौँ गीत सुपरहिट भएका छन् । ‘रातो रानी फुले झैँ साँझमा’, ‘मायाले बाँध तिमी मलाई’ र ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘पूर्णिमाको रात पनि’, ‘चट्ट रुमाल क्या मालुम’ जस्ता सयौँ सदावहार गीतमा उनकै संगीत सुन्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ