झापा इनर्जी प्लान्टमा आगलागी, करिब ६ करोडको क्षति
gorkhapatraonline.com · Mon Jun 01 11:45:26 GMT 2026

झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ फूलचोकस्थित झापा इनर्जी प्लान्टमा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ करोड रुपियाँ बराबरको क्षति भएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दिउँसो २ बजे प्लान्टमा अचानक आगलागी भएको जानकारी प्राप्त भएको थियो । आगलागीको कारण भने तत्काल खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्काले जनाउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)