नेतृत्व हस्तान्तरणको परम्परा र देउवाको पदमोह
ratopati.com · Thu Sep 17 06:29:15 GMT 2026

भर्खरै शेरबहादुर देउवाले एउटा वक्तव्यमा भनेका छन्—‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन, अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन, तर १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक दायित्व हो। पार्टी कमजोर र विभाजन हुँदा म मूकदर्शक हुन सक्दिनँ।’
शेरबहादुर देउवाको यो वक्तव्य तरंगहीन रह्यो। सुन्दा यो भनाइमा त्यागको भाव देखिन्छ। तर अहिले नेपाली काँग्रेसभित्र उठेको विवादले एउटा स्वाभाविक प्रश्न जन्माउँछ—नेतृत्व हस्तान्तरण गर्न देउवाले पहिले आफैँ सभापति हुनैपर्ने किन?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)