रसुवा बाढी प्रभावितलाई सीजेएनको ५७ हजार रुपैयाँ सहयोग
nepalpress.com · Thu Sep 17 06:30:15 GMT 2026

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । सीजेएनले गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढी कारण प्रभावितहरूको उद्धार तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यका साथ उक्त कोषमा आर्थिक सहयोग गरेको हो ।
मुलुकमा आएको विपद्को समयमा सीजेएनले आफ्नो तर्फबाट सकेको योगदान गरिएको अध्यक्ष खतिवडाले बताए । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एक अर्कालाई सहयोग गर्नु मानवताको महत्त्वपूर्ण दायित्व भएको सीजेएनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)