निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
nepalnews.com · Thu Sep 17 06:30:49 GMT 2026

काठमाडौं। सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको छ। विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श कुरिरहेको छ।
संघीयनिजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्त, कर्मचारीको वृत्ति विकास, सरुवा तथा बढुवालगायत विषयलाई व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याउन लागिएको हो। संघीय संरचनाअनुसार निजामती प्रशासनलाई थप व्यवस्थित, सक्षम र उत्तरदायी बनाउने गरी विधेयकमा विभिन्न प्रावधान समेट्ने तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)