निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
canadanepal.com · Thu Sep 17 06:33:29 GMT 2026

काठमाडौं - सरकारले सङ्घीय निजामती सेवा विधेयकलाई अन्तिम रूप दिने तयारी तीव्र बनाएको छ । विधेयकको मस्यौदामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको राय प्राप्त भइसकेको छ भने अहिले लोक सेवा आयोगको परामर्श लिइँदैछ ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्त, कर्मचारीको वृत्ति विकास, सरुवा तथा बढुवालगायत विषयलाई व्यवस्थित गर्न विधेयक ल्याउन लागिएको हो । सङ्घीय संरचनाअनुकूल निजामती प्रशासनलाई थप व्यवस्थित, सक्षम, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले मस्यौदामा विभिन्न नयाँ प्रावधान प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)