बालेन शाहको प्रतिगमन, रास्वपाको लाचारी र डिजिटल फासीवाद
nepalbahas.com · Thu Jun 25 07:27:55 GMT 2026

बालेन शाहको प्रतिगमन, रास्वपाको लाचारी र डिजिटल फासीवाद
विश्व इतिहासमा हिटलर, मुसोलिनी, एल साल्भाडोरका बुकेले, टर्कीका एर्दोगान र भेनेजुएलाका चाभेज जस्ता तानाशाहहरू लोकतान्त्रिक विधि र जनमतकै माध्यमबाट सत्तामा पुगेका थिए । तर, शक्ति हातमा आएपछि उनीहरूले लोकतन्त्र कै खम्बा भत्काएर अधिनायकवाद लादे । नेपालमा पनि सुशासन र वैकल्पिक राजनीतिको चर्को नारा दिएर, जनमतको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री बनेका छन् । तर, सत्ताको बागडोर सम्हाले पछि उनका निर्णय र कार्यशैलीले लोकतान्त्रिक संस्थाहरूको चीरहरण गर्दै कार्यकारी स्वेच्छाचारितालाई संस्थागत गरिरहेको देखिन्छ । लोकप्रियतावादको जगमा उभिएर स्थापित अंगहरूलाई किनारा लगाउने उनको यो कार्यशैली प्रविधि–निर्देशित फासीवादी चरित्रबाट प्रेरित देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)