मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वर्षसम्म चर्किएकै घरमा बस्न बाध्य भूकम्पपीडित

gorkhapatraonline.com · Thu Sep 17 06:41:38 GMT 2026

विसं २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माण नहुँदा रुकुमपश्चिमका सर्वसाधारण चर्किएकै घरमा जोखिम मोलेर बस्न बाध्य भएका छन् । भूकम्प गएको करिब तीन वर्ष पुग्न लाग्दा पनि पुनर्निर्माणले गति लिन नसकेपछि उनीहरू जोखिमपूर्ण घरमै बसिरहेका छन् ।

सानीभेरी गाउँपालिका–१ चाइनाबगरका ७७ वर्षीय खलाने पुनले ढल्नै लागेको घर छोड्न नसकेको बताउनुभयो । उहाँको घर चारैतिरबाट चर्किएको छ । भूकम्पले जर्जर बनाएको घरमा अन्नपात, लत्ताकपडा र घरायसी भाँडाकुँडा राखेको बताउँदै उहाँले आफ्नो थातथलो र पसिना बगाएर बनाएको घर छोड्न नसकेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)