एसइईमा उत्कृष्ट नतिजा ल्याउने धनगढीका २० विद्यालय सम्मानित
rajdhanidaily.com · Mon Jun 01 12:05:17 GMT 2026

धनगढी । कैलाली धनगढी उपमहानगरपालिकाले एसइई (माध्यमिक शिक्षा परीक्षा) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने १० सामुदायिक र १० संस्थागत विद्यालयलाई सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको हो ।
सामुदायिक विद्यालयतर्फ ३१ विद्यालयका एक हजार ५४८ विद्यार्थी एसइईमा सहभागी भएकामध्ये ८११ विद्यार्थी उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको ५२.३९ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)