आधा सकियो तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधको काम
gorkhapatraonline.com · Mon Jun 01 12:03:02 GMT 2026

निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधको आधा कङ्क्रिटिङको काम सकिएको छ । राष्ट्रिय गौरवको १४० मेगावाट क्षमताको यस आयोजनाको प्याकेज –१ अन्तर्गत १४० मिटर अग्लो बाँधका लागि आवश्यक पर्ने कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिटमध्ये हालसम्म चार लाख २४ हजार एकसय २० घनमिटर कङ्क्रिट राख्ने काम पूरा भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार मुख्य बाँधको आधा जति काम अघि बढेसँगै आयोजनाका अन्य मुख्य संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् । ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन आयोजनाको समग्र काममा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
हितेन्द्रदेव शाक्य