अदालतले पूर्वसभामुख महरासँग माग्यो १ लाख धरौटी
baahrakhari.com · Mon Jun 01 12:02:56 GMT 2026

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा १ लाख धरौटी मागेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले बयान र थुनछेक बहस सकिएपछि तारिखमा छाड्न महरासँग १ लाख धरौटी माग्ने आदेश दिएको हो । पूर्वसभामुख महराविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सोमबारै बयान र थुनछेक बहस भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
काठमाडौँ