कबाडीको कारोबारमा करको जालो अर्बौंको बजार, भ्याटमा समस्या
annapurnapost.com · Thu Sep 17 06:43:49 GMT 2026

विराटनगर : घरमा थन्किएको पुरानो फलामदेखि उद्योगबाट निस्कने धातुका टुक्रासम्म देख्दा सामान्य कबाडी जस्तो लागे पनि त्यसको पछाडि ठूलो आर्थिक कारोबार जोडिएको छ।
घर, पसल, उद्योग तथा विभिन्न निर्माणस्थलबाट संकलन हुने फलाम, तार, पाता, मेसिनका टुक्रालगायत धातुजन्य सामग्री साना संकलक हुँदै ठूला व्यापारी, कबाडी उद्योग र अन्ततः स्टिल उद्योगका भट्टीसम्म पुग्छन्। भट्टीमा पुगेपछि त्यही कबाडी पग्लिन्छ र नयाँ उत्पादनका रूपमा बजारमा फर्किन्छ। अर्थात्, कबाडी फोहोर व्यवस्थापनसँग जोडिएको वस्तुमात्रै नभएर स्टिल उद्योगको महत्त्वपूर्ण कच्चा पदार्थसमेत हो। तर, यसरी घरघरबाट सुरु भएर उद्योगको भट्टीसम्म पुग्ने कारोबारको आकार र त्यसबाट राज्यले उठाउनुपर्ने करको वास्तविक हिसाब भने अझै स्पष्ट छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)