सर्लाहीमा मोटरसाइकल दुर्घटनामा दुई चालकको मृत्यु
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । सर्लाहीमा मङ्गलबार साँझ दुई जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा तीव्र गतिका कारण दुईवटा मोटरसाइकल विपरीत दिशाबाट आएर आपसमा ठोक्किएका थिए। दुर्घटनामा मधेस प्रदेश ०३–०३३प ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र भारतीय नम्बर प्लेट बीआर३०एपी १२२४ का चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)