बढेर आए पनि निगमले गर्यो पेट्रोलियम पदार्थको मूल्य यथावत्
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य उल्लेख्य रूपमा बढेर आए पनि निगमले हाललाई उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको हो।
निगमले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ ६८ पैसाले बढेर आएको छ। यद्यपि, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी हाल कायम रहेको खुद्रा बिक्री मूल्य नै यथावत् राख्ने निर्णय गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)