राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन समितिबाट सर्वसम्मतिले पारित
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले प्रतिवेदन पारित गर्न औपचारिक प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो।
विधेयकका सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदनमाथि विस्तृत छलफल गर्दै सभापति बुढाथोकीले माननीय सदस्यहरूबाट प्राप्त अमूल्य सुझाव र सल्लाहका आधारमा दफावार छलफल गरी यो निर्णयमा पुगिएको बताएका छन्। विधेयकलाई सर्वसम्मत ढङ्गले अघि बढाउनुपर्छ भन्ने विषयमा समितिका सबै सदस्यहरूमा सकारात्मक भावना रहेको उनले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)