नेपाललाई लिग–२ को मान्यता जोगाउने चुनौती
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ अग्रसर भएको देखिन थालेको छ। क्यानले गत साउनमा रोहितकुमार पौडेललाई हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी सुम्पिएको थियो। अन्तरराष्ट्रिय क्रिकेटमा उनको निरन्तरको उत्कृष्ट प्रदर्शन र व्यावसायिक लिगको अनुभवका कारण सम्भव भएको उक्त पुनरागमनले टोलीमा सकारात्मक ऊर्जा थपेको छ।
कप्तानको जिम्मेवारी सम्हालेलगत्तै सन्दीपसामु एसिसी एसिया कपमा छनोट हुने मुख्य चुनौती थियो। नयाँ र पुराना खेलाडीको मिश्रण रहेको टोलीको सफल व्यवस्थापन गर्दै उनले प्रिमियर कपमा उत्कृष्ट नेतृत्व दिए। नेपालले एसिसी प्रिमियर कप २०२६ मा खेलेका छ खेलमध्ये पाँचमा जित र एकमा मात्र हार बेहोर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)