विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि लिएर डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाहरूको पुनस्र्थापना तथा अत्याधुनिक पूर्वचेतावनी प्रणालीको विकाससम्मका महत्वपूर्ण कामहरू द्रुत गतिमा अघि बढाइरहेको बताएका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको दफावार छलफलका क्रममा मन्त्री पुनले विदेशबाट प्राप्त भइरहेका राहत सामग्रीहरूलाई सम्बन्धित प्रभावित क्षेत्रसम्म पुर्याउने काम प्रभावकारी रूपमा भइरहेको जानकारी दिएका छन्। उनका अनुसार राहत सामग्री बोकेर आएका विमानहरूबाट दैनिक दुईदेखि तीन ट्रिपसम्म राहतसामग्री आइपुगिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)