प्रधानमन्त्री साहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्।
सो अवसरमा प्रधानमन्त्री साहले हालको विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त भएको ऐक्यबद्धता तथा प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका छन्। भेटवार्ताका क्रममा उनले यस विपद्का कारण नेपाली नागरिकसँगै केही विदेशी नागरिकहरू समेत प्रभावित भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)