समितिका प्रतिवेदन कार्यान्वयन भए नभएको अनुगमन गर्नुपर्छः कांग्रेस सांसद श्रेष्ठ
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले संसदीय समितिहरूले सरकारलाई दिएका सुझाव तथा प्रतिवेदनहरूको कार्यान्वयन भए नभएको विषयमा नियमित रूपमा अनुगमन र फलोअप गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार बसेको समितिको बैठकमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले विभिन्न समितिहरूले गम्भीरतापूर्वक प्रतिवेदन तयार गरे पनि तिनको कार्यान्वयनको पाटो फितलो हुने गरेको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्। समितिले तयार गर्ने वार्षिक प्रतिवेदन र कार्यसूचीलाई नै आधार बनाएर आगामी दिनमा सरकारलाई दिइएका निर्देशन र प्रतिवेदनको कार्यान्वयन अवस्थाको गहिरो समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)