अध्यक्ष लिङ्देनले २४ घण्टाभित्र सांसद बिक्री भएको प्रमाण दिनुपर्छ नत्र माफी माग्नुपर्छ: उद्धव थापा
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूहरू बिक्री भएको भन्ने गम्भीर आरोपको २४ घण्टाभित्र ठोस प्रमाण पेस गर्न चुनौती दिएका छन्।
बुधवार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगी ज्ञापनपत्र बुझाउँदै नेता थापाले को बिक्यो, कति रकममा बिक्यो, कसले किन्यो तथा कहिले, कहाँ र कसरी आर्थिक लेनदेन भयो भन्ने सम्पूर्ण विवरणसहितको प्रमाण सार्वजनिक गर्न चुनौती दिएका हुन्। यदि अध्यक्षले लगाएको आरोप प्रमाणित भएमा आफूहरूमाथि जस्तोसुकै कारबाही पनि सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो। तर, प्रमाण पेस गर्न नसकेमा अध्यक्ष लिङ्देनले आफ्ना सांसदहरूमाथि लगाइएको अनापशनाप अभिव्यक्ति फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)