लिङ्देनलाई आरोप प्रमाणित गर्न वा क्षमायाचना गर्न चेतावनी [तस्बिरहरू]
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश कार्य समितिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना प्रदेश सांसदहरूमाथि लगाइएको आरोप प्रमाणित गर्न वा सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ।
राप्रपा बागमती प्रदेश कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापाद्वारा हस्ताक्षरित पत्रमार्फत अध्यक्ष लिङ्देनले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने आफ्नै पार्टीका निर्वाचित सांसदहरूलाई लक्षित गरी "भेडा-बाख्राजस्तै बिके" तथा "अर्काको ओछ्यान तताउन गए" जस्ता अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)