अहिले वितरण भइरहेका जग्गाधनी पुर्जा विगतका आयोगकै कामको परिणाम हुन्: शंकर पोखरेल
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी प्रमाणपुर्जा कुनै नयाँ नभई विगतका भूमि आयोगहरूले गरेका कामको परिणामस्वरूप प्राप्त भएको दाबी गरेका छन्।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५ औँ स्थापना दिवस तथा ‘नेपालमा भूमि समस्या ः समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। विगतका आयोगहरूले लामो समय लगाएर गरेको जग्गा नापजाँच, कित्ताकाट र कागजात व्यवस्थापनसत्तका सम्पूर्ण निर्णय प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका कारण नै अहिले विभिन्न ठाउँमा पुर्जा वितरण भइरहेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)