गणेश, भैरव र कुमारीको रथ तयारी [तस्बिरहरू]
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ । इन्द्रजात्राका लागि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ निर्माण तथा मर्मतसम्भारको काम धमाधम भइरहेको छ ।
इन्द्रजात्राका मुख्य आकर्षणका रूपमा रहेका तीनवटै रथलाई जात्राका क्रममा विधिवत् रूपमा तान्न सकिने गरी आवश्यक तयारी अघि बढाइएको हो । काठका संरचना जाँच गर्ने, आवश्यक मर्मत तथा रंगरोगन गर्ने र रथलाई सजाउने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)