ग्रिनेडको छर्रा लागेर सैनिकको मृत्यु, सहसेनानी घाइते
gorkhapatraonline.com · Thu Jun 25 07:35:49 GMT 2026

कैलालीमा फायरिङ अभ्यासको क्रममा आज ग्रिनेडको छर्रा लागेर घाइते एक सैनिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका –३ गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकका हुड्डा हिमालविक्रम विष्टको ज्यान गएको हो ।
लम्कीस्थित लालरत्न अस्पतालमा उपचारको क्रममा विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
काठमाडौँ