मन्दिरका दुई पुजारी
nayapatrikadaily.com · Thu Mar 02 00:28:00 GMT 2023
एक समृद्ध व्यापारी आफ्ना गुरुसित परामर्श गरेर कुनै न कुनै सुकर्ममा धन खर्च गर्ने गर्थे । त्यसै क्रममा उनले गुरुको सल्लाहबाट आफू जन्मी–हुर्केको गाउँ र अहिले बसोवास गरिरहेको सहरमा समान स्वरूपका दुई भव्य मन्दिर निर्माण गराए । दुवै मन्दिरमा एक–एक सुयोग्य पुजारी पनि नियुक्त गरे ।
नित्य देवपूजाका साथसाथै गरिबगुरुवालाई भोजनको विशेष व्यवस्था पनि मिलाए । वस्त्रहीनलाई वस्त्रको व्यवस्था मिलाए । रोगीको उपचारको उचित प्रबन्ध पनि मन्दिर परिसरमै मिलाए । साथै, बालबालिकालाई उच्च नैतिक आचरणको शिक्षासहित पठनपाठनको व्यवस्थासमेत उनले मिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)