बालेनको बचाउ गर्दै खगेन्द्र सुनारले भने- छिमेकमा भारत नभए नेपाली जनता भोकै मर्थे
nepalpress.com · Mon Jun 01 12:10:04 GMT 2026

काठमाडौं । सत्तारुढ रास्वपाका सांसदहरू यतिबेला प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको बचाउ गर्ने होडमा लागेका छन् । यही होडमा सांसद खगेन्द्र सुनारले आज एक सार्वजनिक कार्यक्रममा ‘हिन’ अभिव्यक्ति दिए ।
प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भने संसदमा दिएको अभिव्यक्तिलाई खुलेर समर्थन जनाएका थिए सुनारले । उनले नेपालले ‘सिमा मिचेको’ केही दृष्टान्तहरु पनि दिन खोजे, जुन खासमा दशगजासँग सम्वन्धित थिए । भारतले मिचेको जमिन मागेर मात्रै नहुने, नेपालले मिचेको पनि फिर्ता गर्नुपर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
बालेन शाह