चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा आउँदै
kendrabindu.com · Thu Sep 17 06:54:26 GMT 2026

काठमाडौं । नेपाली कथानक चलचित्र ‘झिङ्गेदाउ–२’ को बुधबार ललितपुरस्थित क्यूएफएक्स सिनेमाजमा प्रिमियर सम्पन्न भएको छ । पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्र असोज २ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)