मनास्लुको दोस्रो शिविरबाट फर्किँदै गर्दा सिंगापुरका आरोहीको मृत्यु
kalakarmi.com · Thu Sep 17 06:56:12 GMT 2026
काठमाडौं- मनास्लु हिमाल आरोहणका लागि नेपाल आएका सिंगापुरका एक आरोहीको मृत्यु भएको छ । ५० वर्षीय लाउ वी सेङको मनास्लुको दोस्रो शिविरबाट आधारशिविरतर्फ फर्किने क्रममा मृत्यु भएको हो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँस्थित मनास्लु हिमालमा आरोहणका क्रममा उनी दोस्रो शिविरसम्म पुगेका थिए । त्यहाँबाट आधारशिविरतर्फ झर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)