मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा भारी हिमपात, तापक्रम माइनसमा झरेपछि बढ्यो जाडो

pahilopost.com · Sun Jan 09 01:13:14 GMT 2022

सिमकोट : शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। 'यस वर्षकै ठूलो हिमपात भयो। घरभन्दा बाहिर निस्कन सकिएको छैन। चिसोले खानेपानीका धारा तथा खोलाका पानीसमेत जमेका छन्,' लामाले भने। अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)