जिल्ला अस्पतालमा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
nagariknews.nagariknetwork.com · Thu Sep 17 06:52:19 GMT 2026

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी भएका छन्। जटिल प्रसूति अवस्था, आपतकालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन थालेका कारण जिल्लावासी खुसी भएका हुन्।
आधारभूत १५ शय्याका जिल्ला अस्पतालले दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै सुलभदरमा भरपर्दो सेवा दिन थालेका कारण अस्पतालप्रति जिल्लावासीको विश्वास बढ्दै गएको छ। बाजुरा देशकै दुर्गम हिमाली जिल्ला हो। यसअघि बाजुरावासी शल्यक्रिया गर्न जिल्ला बाहिर जानुपर्दथ्यो।सीमित जनशक्ति, औषधि, उपकरण र स्रोतसाधनकाबीच अस्पतालले विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि यहाँ आउने बिरामीको सङ्ख्यासमेत बढ्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)