बाजुरामै सम्भव हुँदैछ जटिल उपचार
nepalnews.com · Thu Sep 17 07:02:59 GMT 2026

बाजुरा। जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुशी भएका छन्। जटिल प्रसूति अवस्था, आपतकालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि जिल्लावासी खुशी भएका हुन्।
आधारभूत १५ शैंयाको जिल्ला अस्पतालले दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै सुलभ दरमा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि अस्पतालप्रति जिल्लावासीको विश्वास बढ्दै गएको छ। बाजुरा देशकै दुर्गम हिमाली जिल्ला हो। यसअघि बाजुरावासी शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो। सीमित जनशक्ति, औषधि, उपकरण र स्रोत साधनका बीच अस्पतालले विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि यहाँ उपचारका लागि आउने बिरामीको संख्या समेत बढ्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)