भोटेकोसी बाढी प्रभावित विद्यार्थीलाई राजधानी मोडेल कलेजको विशेष छात्रवृत्ति योजना
nepalpress.com · Thu Sep 17 07:01:31 GMT 2026

काठमाडौं। राजधानी मोडेल कलेजले रसुवा र भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छात्रवृत्ति योजनाको घोषणा गरेको छ।
कलेज प्रशासनका अनुसार विपद्मा परेका परिवारका उत्कृष्ट १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। बीबीए, बीएचएम र बीसीएसआईटी जस्ता उच्च माग भएका स्नातक कार्यक्रमहरूमा उपलब्ध गराइने यस छात्रवृत्ति योजनाको कूल लागत ७० लाख रुपैयाँभन्दा बढी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)