दैलेखमा जिप दुर्घटना, चालकसहित तीनको ज्यान गयो
gorkhapatraonline.com · Mon Jun 01 12:23:16 GMT 2026

दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च ४९६४ नम्बरको जिप भैरवी गाउँपालिका –५ स्थित कालगौँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका –५ का ३५ वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका–४ का ३८ वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका–६ की ५५ वर्षीया पुल्तीसरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)