मर्स्याङ्दीको २५ खेलाडीलाई सम्मान
gorkhapatraonline.com · Thu Jun 25 07:58:00 GMT 2026

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका २५ जना खेलाडीलाई खेल सामग्रीसहित सम्मान गरेको छ । खेलकुद क्षेत्रको विकास तथा खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले खेलाडीलाई सम्मान गरेको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअन्तर्गत आयोजित फुटबल तथा भलिबल खेलाडी सम्मान तथा प्रोत्साहन कार्यक्रम गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खेलाडीलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा मर्स्याङ्दी गाउँपालिकाका स्थायी बासिन्दा भइ नियमित रूपमा फुटबल तथा भलिबल खेलमा आबद्ध रहेका तथा गाउँपालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दैआएका खेलाडीको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)